अमेरिकाले प्रचण्डका लागि जारी गर्याे ‘नो इन्भेष्टिगेशन’ सर्कुलर
५ चैत, काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का लागि संयुक्त राज्य अमेरिकाले ‘नो इन्भेष्टिगेशन’ सर्कुलर जारी गरेको छ । अमेरिकाले विशेष रुपमा मात्र जारी गर्ने उक्त सर्कुलर नेकपाका अध्यक्ष दाहाल अमेरिका भ्रमणमा निस्किएलगत्तै जारी गरेको हो ।

यसअघि अमेरिकाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, प्रभावशाली नेतृ सोनिया गान्धी लगायतको भ्रमणका क्रममा पनि नो इन्भेष्टिगेशन सर्कुलर जारी गरेको थियो ।
यस्तो सर्कुलर जारी गरेपछि सरकारका अन्य कुनै पनि निकायले कार्वाही प्रक्रिया अगाडि बढाउन मिल्दैन । अमेरिकाले जारी गर्ने यो सर्कुलरले कुनै पनि उच्च नेताहरुका लागि उत्पन्न हुनसक्ने कानूनी झमेला हटाउनका लागि बाटो खोल्ने गर्दछ ।
अध्यक्ष दाहाल पत्नी सिता दाहालको उपचारका क्रममा अमेरिका भ्रमणमा रहेका छन् ।
प्रकाशित मिति : 19:48









