प्रभु बैंकको नयाँ शाखा मोरङमा पनि
५ चैत, मोरङ । सेवाग्राहीहरुलाई सरल र सहज रुपमा अत्याधुनिक प्रविधि सहितको गुणस्तरीय बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले प्रभु बैंक लिमिटेडले आफ्नो मोरङको विराटनगर महानगरपालिका वडा नं. २ स्थित तिनपैनीमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ ।

बैंकको तिनपैनी शाखा कार्यालयको उद्घाटन गर्दै नेपाल राष्ट्र बैंक क्षेत्रीय कार्यालय विराटनगरका मुख्य व्यवस्थापक विनोदराज आचार्यले प्रभु बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्दै स्थानीय तहसम्म गएकोमा खुसी व्यक्त गरे ।
उनले विभिन्न गाउँपालिका तथा नगरपालिकाहरुका बैंकिङ्ग पहुँचभन्दा बाहिर रहेका सर्वसाधारणहरुलाई सहज, सरल एवं गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउन लागेको प्रंशसनीय कार्य भएको बताए ।
उनले स्थानीयहरुलाई आफ्नो नजिकैबाट बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा उपभोग गर्ने अवसर मिलेको हुँदा अवसरको सही सदुपयोग गर्दै बैंकिङ्ग प्रणाली एवं गुणस्तरीय बैंकिङ्ग सेवाको लाभ लिन आग्रह पनि गरे ।
प्रकाशित मिति : March 19, 2019 at 7:19 pm









