पोखरामा फेरि प्याराग्लाइडिङ दुर्घटना, ७ वर्षीय बालकसहित २ घाइते
५ चैत, पोखरा । पोखरामा ल्यान्डिङका क्रममा प्याराग्लाइडिङ दुर्घटनाहुँदा २ विदेशी नागरिक घाइते भएका छन् । घाइते हुनेमा रसियन चालक एलेक्स वक्रिएन र चिनियाँ ७ वर्षीय बालक याङ गुङ जे भएको प्रहरीले जनाएको छ ।

सराङकोटबाट उडेको प्याराग्लाइडिङ खपौंदीमा अवतरणका क्रममा दुर्घटना भएको कास्की प्रहरी प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिए । उनीहरुको अहिले मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । अघिल्लो महिना मात्रै पोखरामा ४ प्याराग्लाइडिङ दुर्घटना भएकाे थिए ।
प्रकाशित मिति : 18:15









