पूर्वडीआइजी पार्वती थापा फोरम नेपालमा प्रवेश
५ चैत, काठमाडौँ । नेपाल प्रहरीका पूर्वडीआजी पार्वती थापा संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेकी छिन् । फोरम नेपालले पहिलो महाधिवेशनको तयारी गरिरहेको बेला थापा पार्टी प्रवेश गरेकी हुन् ।
फोरम नेपालका अध्यक्ष एवं उपप्रधानमन्त्री तथा स्वास्थ्य जनसंख्या मन्त्री उपेन्द्र यादव केही दिन पहिले चितवन गएको बेला थापालाई पार्टीमा प्रवेश गराइएका थियो ।योग्य भएपनि आईजीपी बन्न असफल थापा सबै समाधान राजनीतिबाट नै देखेपछि राजनीतिमा आएको बताइएकाे छ ।
राजनीतिक दवावमा उपेन्द्रकान्त आर्याललाई आजीपी बनाएको भन्दै उनले त्यतिबेला राजनीतिक दललाई निकै गाली गरेकी थिइन् । न्यायका लागि सर्वोच्च अदालत पनि चहारेकी थिइन् ।
उनी पार्टीमा प्रवेश गरेपनि हालसम्म कुनै जिम्मेवारी भने दिइएको छैन । बैशाख २७ गतेदेखि शुरु हुन गइरहेको महाधिवेशबाट नै उनलाई पार्टीमा कुनै जिम्मेवारी दिने पार्टी स्रोतले जनाएको छ ।
प्रकाशित मिति : March 19, 2019 at 1:58 pm







