१२ असार २०८३, शुक्रबार | Sat Jun 27 2026

ज्यानै मार्ने हिसाबले इन्सपेक्टर केशर न्यौपानेमाथि रड प्रहार गर्नेलाई सार्वजनिक मुद्दा

५ चैत, काठमाडौं  । ज्यानै मार्ने हिसाबले इन्सपेक्टर केशर न्यौपानेमाथि रड प्रहार गर्नेलाई सार्वजनिक अपराधमा मुद्दा चलाएको छ। महानगरीय प्रहरी प्रभाग ललितपुरका प्रहरी निरीक्षक (इन्सपेक्टर) केशर न्यौपानेमाथि रड प्रहार भएकाे थियाे ।

रड प्रहार गर्ने ललितपुर मंगलबजारका दशलाल महर्जनलाई प्रहरीले पक्राउ गरेको छ। महर्जनले प्रहार गरेको रडबाट घाइते भएका इन्सपेक्टर न्यौपानेको टाउकोमा ८ वटा टाँका लगाइएकाे छ । ज्यानै मार्ने हिसाबले बर्दीका प्रहरीमाथि आक्रमण गर्नेलाई महानगरीय प्रहरी परिसर ललितपुरले भने सामान्य अपराध भन्दै सार्वजनिक हितविरुद्धको अपराधमा मुद्दा चलाएको छ।

प्रकाशित मिति : March 19, 2019 at 1:36 pm