११ आश्विन २०८३, आइतबार | Mon Sep 28 2026

काठमाडाैँमा बर्डफ्लु देखिएपछि काभ्रेपलाञ्चोककाे तीन नाकामा चेक प्वाइन्ट

५ चैत, काभ्रेपलाञ्चोक । केन्द्रीय राजधानी काठमाडाँैलयागत अन्य जिल्लाका विभिन्न जातका कुखुरामा बर्डफ्लूजन्य सङ्क्रमण देखिएपछि जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले तीन नाकामा चेक प्वाइन्ट राख्ने निर्णय गरेको छ ।

जिल्लामा बर्डफ्लुजन्य सङ्क्रमण निभित्रियोस् भन्ने उद्देश्यले मङ्गलटार, साँगा र नाला नाकामा बर्डफ्लूजन्य सङ्क्रमण चेक प्वाइन्ट राख्ने निर्णय गरिएको केन्द्र प्रमुख डा मोगलप्रसाद शाहले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय तहका पशुसेवा शाखा प्रमुखको नेतृत्वमा चेक प्वाइन्ट सञ्चालन हुनेछ ।

नेपाल भेटेरिनरी एशोसिएशनले पक्षी स्वस्थ भएको चेक प्वाइन्टमा प्रमाणपत्रको जाँच गरेर मात्रै जिल्लामा भित्रिन दिनेछ । केन्द्र प्रमुख डा शाहले भने, “प्रहरी कार्यालयसँगै चेक प्वाइन्ट राखिनेछ, पक्षी स्वस्थ भएको प्रमाणपत्र नभए नाकाबाट भित्रिन दिइनेछैन ।”

केन्द्रले पूर्वी तराईबाट सिन्धुली हुँदै विपी राजमार्गमार्फत राजाधानी भित्रिने काभ्रेपलाञ्चोकको मङ्गलटार नाका, काठमाडाैँबाट जिल्ला भित्रिने साँगा नाका र भक्तपुरतर्फबाट भित्रिने नाला नाकामा चेक प्वाइन्ट राख्ने भएको हो । यसका लागि केन्द्रले स्थानीय तहलाई पत्राचार गरिसकेको केन्द्र प्रमुख डा शाहले बताए । उनले भने, “तोकिएका नाकामा आजैबाट जाँच शुरु गर्ने तयारीमा छौँ ।”

आयात–निर्यातकर्ताले पक्षी स्वस्थ भएको प्रमाणपत्र नदेखाए कुखुरालाई प्रोगशालामा पठाइनेछ । सरकारद्वारा विसं २०७४ मा जारी संशोधित आदेशमा बर्डफ्लू रोगको रोकथाम र नियन्त्रण गर्न प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बर्डफ्लू रोग नियन्त्रण प्राविधिक समिति रहने उल्लेख छ

प्रकाशित मिति : March 19, 2019 at 11:09 am