३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

त्रिशुली नदीमा ट्रक खस्दा एकको मृत्यु, चार घाइते

५ चैत, मुग्लिन । नारायणगढतर्फ जाँदै गरेको ट्रक त्रिसुली नदीमा खस्दा एक जनाकाे मृत्यु भएकाे छ भने ४ जना घाइते भएका छन् । मुग्लिनबाट नारायणगढतर्फ जाँदै गरेको ना६ख १४४ नंको ट्रक नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना पुलबाट आज बिहान  त्रिशुली नदी किनारमा खसेकाे  इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ ।

 घाइतेलाई उद्धार गरी उपचारका लागि भरतपुर अस्पताल लगिएको छ । प्रहरीका अनुसार मृतकको परिचय खुल्न खुलेकोे छैन । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

प्रकाशित मिति : 09:47