३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

मादक पदार्थ सेवन गरेर इन्सपेक्टर न्यौपानेलाई कुट्न जाने दुई युवा पक्राउ 

४ चैत, ललितपुर । मादक पदार्थ सेवन गरेर इन्सपेक्टर न्यौपानेलाई कुट्न जाने ललितपुर मंगलबजारका दुई युवा पक्राउ  परेका छन् ।  मादक पदार्थ सेवन गरेर चलाएको मोटरसाइकललाई ट्राफिक प्रहरीले चिट काटेको निहुँमा प्रहरी इन्सपेक्टरमाथि दुई युवाले आक्रमण गरेका हुन् ।

गत फागुन १८ गते साँझ मंगलबजारमा मादक पदार्थ सेवन गरेर मोटरसाइकल चलाएका दशलाल महर्जन र सनिस अवालेलाई ट्राफिक प्रहरीले रोकेर चेकजाँच गरेपछि विवाद भएको थियो । ट्राफिक प्रहरीसँग विवाद भएपछि घटनास्थलमा पुगेका महानगरीय प्रहरी प्रभाग मंगलबजारका इन्सपेक्टर केशर न्यौपानेलाई दशलाल र सनिस अवालेले आक्रमण गरेका थिए ।

‘ड्युटीमा खटिएका इन्सपेक्टरमाथि आक्रमण गर्ने मध्येका दशलाल महर्जनलाई नियन्त्रणमा लिएका छौं,’ महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख (एसएसपी) रविन्द्र धानुकले भने, ‘सार्वजनिक हित विरुद्वको अपराध मुद्दामा म्याद लिएर थप अनुसन्धान गर्छौं ।’

प्रकाशित मिति : 19:02