७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026

४ चैत, काठमाडौँ । राष्ट्रिय जनता पार्टी नेपालले सोमबार पनि संसद बैठक अवरुद्ध गरेको छ । लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै राजपाले बैठक अवरुद्ध गरेको हो ।


सरकारले सभामुखको रुलिङसमेत नमानेको राजपा अध्यक्ष मण्डलका सदस्य अनिलकुमार झाले   अाराेप लगाए । तेस्रो पटक सम्म संसद अवरुद्ध गर्दा पनि सरकारले प्रतिवेदन सार्वजनिक गर्न चासो नदेखाएको भन्दै उक्त प्रतिवेदन सार्वजनिक नभएसम्म बैठक चल्न नदिने झाले बताए ।

राजपा नेपालका सांसदहरु सिटबाट उठिरहेपछि सभामुख कृष्णबहादुर महराले बैठक १० मिनेटका लागि स्थगित गरेका छन् ।

प्रकाशित मिति : 14:59