३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

एसइईको तयारी गरिरहेकि छात्राको माेटरसाइकलकाे ठक्करबाट मृत्यु, अन्य ३ घाइते

४ चैत, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका ५, खैरीमा मोटरसाइकलको ठक्करबाट एसइईको तयारी गरिरहेकि छात्राको मृत्यु भएकाेछ भने  अन्य ३ जना घाइते भएका छन्।

 

 

फाइल फाेटाे

आइतबार राती शिवपुरबाट चन्द्रौटातर्फ आइरहेको ना ६ प ७४२१ नम्बरको मोटरसाइकलले विपरीत दिशातर्फ गइरहेको साइकललाई ठक्कर दिंदा मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते भएकी शिवराज नगरपालिका २, बालापुरकी १६ वर्षीया कमला बस्यालको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक बस्याल एसइई परिक्षाको तयारीमा थिइन् ।

घाइते हुनेहरूमा मोटरसाइकल चालक शिवराज नगरपालिका १ बस्ने वर्ष २१ का सुशान्तराज थापा, तथा मोटरसाइकलमा सवार सोही ठाउँका २१ वर्षिय सन्दीप पोख्रेल र कपिलबस्तु नगरपालिका ९, श्रीनगर बस्ने वर्ष २० का दिलीप बञ्जाडे रहेका छन् ।

प्रकाशित मिति : 14:00