७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026

शीघ्र महाधिवेशनको माग गर्दै कांग्रेस मुख्यालय सानेपामा विद्यार्थीको धर्ना  

४ चैत, काठमाडौँ । शीघ्र महाधिवेशनको माग गर्दै कांग्रेस मुख्यालय सानेपामा नेविसंघका विद्यार्थीले धर्ना दिएका छन् । केन्द्रीय समिति बैठकका लागि नेताहरू पार्टी कार्यालय पुग्नुअघि नै विद्यार्थीले धर्ना शुरू गरेका हुन् ।

नेविसंघको महाधिवेशन यथाशीघ्र हुनुपर्ने, तदर्थ समिति गठन गर्दा ३२ वर्षे उमेर हद लागू हुनुपर्ने, विधान कार्यान्वयन हुनुपर्ने लगायतका माग राखेर नेता कृष्णप्रसाद सिटौला निकटका विद्यार्थीले धर्ना शुरू गरेका हुन् ।

पार्टी केन्द्रीय समिति बैठक बिहान ११ बजे शुरू हुने भनिएपनि अझै शुरू भएको छैन । बैठकका लागि शीर्ष नेता आउने क्रम जारी रहेको छ ।

 

प्रकाशित मिति : 12:41