७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026

तत्काल मन्त्रिपरिषद् पुनर्गठन हुँदैनः प्रधानमन्त्री ओली

३ चैत, विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल मन्त्रिपरिषद् पुनर्गठन नहुने बताएका छन् । आइतबार विराटनगर विमानस्थलमा  सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले तत्काल मन्त्रिपरिषद् पुनर्गठन नहुने बताएका हुन् । प्रधानमन्त्री ओलीले एउटा मन्त्रालय खाली रहेकाले त्यसलाई पूर्ण गर्ने तर  पुनर्गठन नहुने बताएका छन् ।

प्रधानमन्त्री ओलीले विप्लव समूह कुनै कार्यालयमा दर्ता नभएको अनधिकृत संस्था भएको बताएका बताए । प्रधानमन्त्रीले विप्लव समूह राजनीतिक दल नभएको र सो समूहले गरेका विध्वंसात्मक गतिविधिमात्रै प्रतिबन्ध लगाइएको स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले संविधान र कानुन विपरित, लुटपाट र आतंकका गतिविधि गर्न छुट नदिने चेतावनी दिदै भने, ‘नेपालमा शान्ति चाहियो कि चाहिएन ? वार्ता समिति बनाएको हो । गर्दिन भनेको होइन ? सभ्य समाजले सुन्न सक्ने माग छ ? के–के माग छ ? सुन्न सक्ने छन् ?’

 

प्रकाशित मिति : 12:16