विद्युत तार सर्टहुँदा यात्रुवाहक बसमा आगलागी
२ चैत, सुर्खेत । विद्युत तार सर्ट भएर यात्रुबाहक बसमा आगलागी भएको छ । सुर्खेतदेखि कालीकोट जाँदै गरेको बसमा शनिबार दिउँसो आगलागी भएकाे हाे । बसबाट समयमै यात्रुहरु झरेका कारण मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

कर्णाली यातायातको बा ४ ख ८७८ नम्बरको बसमा दिउँसो करिब १२ बजे कर्णाली राजमार्गको हुड्केमा आगलागी भएको थियो । प्रहरीका अनुसार घटनास्थलमा पुगेको प्रहरीले घटनाबारे अध्ययनका साथै सहायताको काम गरिरहेको छ ।
प्रकाशित मिति : 16:49









