३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

पाेखरा गण्डकी मेडिकल कलेजका एक विद्यार्थी फेवातालमा मृत भेटिए

२ चैत्र, पोखरा । पाेखराकाे फेवातालमा गण्डकी मेडिकल कलेजका विद्यार्थी मृत भेटिएका छन् । मृतक व्यक्ति म्याग्दीका शिशिर केसी रहेकाे जानकारी प्राप्त भएकाे छ । गण्डकी मेडिकल कलेजबाट एमबिबिएस सकेर बसेका केसीले फेवातालमा हाम फालेका थिए ।

फाइल फाेटाे

म्याग्दीकाे बेनी स्थायी घर भर्इ हाल पाेखराकाे रत्नचोक बस्दै आएका केसी मृत फेला परेका हुन् । उनी पहिलेदेखि नै मानसिक समस्या झेल्दै आएकाे तथा औषधि सेवन गर्दै आइरहेको उनीसँगै पढ्ने सहपाठीले बताएका छन् ।

प्रकाशित मिति : 13:35