प्रदेश सांसद अफिलाल ओखेडाका छोरा १४ दिनदेखि काठमाडौंबाट बेपत्ता !
१ चैत्र, काठमाडौं । सुदुरपश्चिम प्रदेशका सांसद अफिलाल ओखेडाको छोरा विगत १४ दिनदेखि काठमाडाैँबाट बेपत्ता भएका छन् । सांसद ओखेडाको छोरा सागर शर्मा (ओखेडा)काठमाडौंको नयाँ बानेश्वरस्थित रत्नराज्य स्कुलबाट १६ वर्षीय सागर फेला नपरेको भन्दै सांसद ओखेडा दिनहुँजसो महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध महाशाखामा धाइरहेका छन् ।

नेकपा बझाङका नेता समेत रहेका ओखेडाले आफ्नो छोरा खोजिदिन आग्रह गर्दै महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिएकाकाे महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी) होविन्द्र बोगटीले बताएका छन् । फागुन १८ गते फोन स्वीच अफ गरेर सम्पर्क विहिन भएका सागर रत्नराज्य स्कुलमा कक्षा १० मा पढ्दै आएका थिए । एसइई परीक्षा नजिकै आएको अवस्थामा परिवारले राम्रोसँग परीक्षाको तयारी गर्न सुझाएपछि उनी सम्पर्क विहिन भएको बताइएको छ ।
सन्की स्वभावका सागरलाई सांसद ओखेडाले ‘स्कुल किन नगएको ?’ भन्दै हप्काएका थिए । बावुले हप्काएपछि सागरले फागुन १६ गते अमेरिकी दूतावासमा फोन गरेर ‘अमेरिका जान कत्ति पैसा लाग्छ’ भनेर सोधेका थिए । त्यसपछि फोन अफ गरेर हिँडेका सागर परिवारको सम्पर्कमा गएका छैनन् । प्रहरीले खोजी जारी राखेपनि उनी फेला पर्न नसकेको बताइएको छ । सागरले चलाउँदै आएको मोवाइल विगत १४ दिनदेखि बन्द छ ।
प्रकाशित मिति : 13:10









