दिवंगत मन्त्री अधिकारीको निधनकाे शोक प्रस्ताव पारित
३० फागुन, काठमाडौं । संघीय संसदको विकास तथा प्रविधि समितिले हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकले समितिका पूर्व सभापति समेत रहेका मन्त्रीको अधिकारीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो । बैठकले मन्त्री अधिकारीसहित सो हेलिकप्टर दुर्घटनामा परी निधन भएका अन्य ६ जनाप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै एक मिनेट मौनधारण समेत गरेको थियो ।
प्रकाशित मिति : 14:28







