वडाअध्यक्षद्वारा कार्यपालिका सदस्यमाथि आक्रमण
३० फागुन, बर्दिया । बर्दियाको मधुवन नगरपालिका-१ का वडाध्यक्ष पर्शुराम चौधरीले कार्यपालिका सदस्य धनवीर परियारमाथि हातपात गरेका छन् । वडाका सामाजिक परिचालिका हटाइएको विषयमा विवाद भएपछि वडाध्यक्षले कार्यपालिका सदस्य धनवीरमाथि आक्रमण गरेका हुन् ।
वडाध्यक्ष चौधरीले धनवीरमाथि कुर्सीसमेत प्रहार गरेका थिए । हातपात नै भएपछि नगर प्रमुख केसीले छुट्याएका थिए । धनवीरले वडाध्यक्षविरुद्ध कारबाहीको माग गर्दै उजुरी गरेको बताएका छन् । वडाध्यक्ष चौधरी तत्कालीन माओवादी केन्द्रबाट निर्वाचित भएका हुन भने परियार सोही वडाबाट नेपाली कांग्रेसका तर्फबाट मनोनित कार्यपालिका सदस्य हुन् ।
प्रकाशित मिति : 14:09









