१३ असार २०८३, शनिबार | Sat Jun 27 2026

विप्लव नेतृत्वको नेकपाको बन्दको प्रभाव समान्य, विद्यार्थीले पढ्न पाएनन्

३० फागुन, काठमाडाैँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभाव समान्यमात्र देखिएको छ । बन्दको प्रवाह नगरी मानिसहरू सडकमा सवारीसाधान लिएर हिडेका छन । बन्दका कारण मानिसहरूको दैनिकीमा खासै प्रभाव नदेखिए पनि निजी विद्यालयमा अध्ययरत विद्यार्थीले भने पढ्न पाएनन् । बन्द भन्दै विद्यालय सञ्चालन नभएपछि विद्यार्थीहरू कक्षाकोठामा जान बञ्चित भएका छन ।

बन्दका कारण अरु दिनको तलुनामा लामो तथा छोटो दूरीका गाडी कम चलेका छन्। उपत्यकामा सार्वजानिक सवारी कम चलेका र उपत्यकाबाट बाहिरिने तथा भित्रिने सवारी पनि अरु दिनको तुलनामा निकै कम चलेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।बन्दको आह्वान गरे पनि नेपाल प्रहरीले भने ‘स्कर्टिङ’ गरेर भए पनि गाडी चल्ने व्यवस्था गरेको जनाएको छ। चोकचोकमा आज बाक्लो मात्रमा सुरक्षाकर्मि परिचालित भएका छन्।

प्रकाशित मिति : March 14, 2019 at 9:06 am