बन्दको पूर्व सन्ध्यामा अनामनगरमा बम भेटियो, सेनाको बम डिस्पोजल टोली घटनास्थलमा
२९ फागुन, काठमाडाैँ । काठमाडाैँको अनामनगरमा बम भेटिएको छ । अनामनगरबाट घट्टेकुलोतर्फ जाने बाटोमा बम भेटिएको प्रहरीले जनाएको छ । कालो झोलामा राखिएको अवस्थामा बम भेटिएको र नेपाली सेनाको बम डिस्पोजल टोलीलाइ खबर गरिएको महानगरीय प्रहरी वृत्त, सिंहदरबारका प्रमुख नायब उपरीक्षक (डीएसपी) काजी आचार्यले बताएका छन ।

नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले नेपाल बन्दको घोषणा गरेको दिनको पूर्वसन्ध्यामा शंकास्पद अनामनगरमा बम भेटिएको हो । उसले कार्यकर्तामाथि धरपकड गरेको भन्दै बिहीबार नेपाल बन्द घोषणा गरेको छ ।
प्रकाशित मिति : 21:59









