१४ भदौ २०८३, आइतबार | Sun Aug 30 2026
http://kk5.io/NADA2026

भारतस्थित नेपाली दूतावासले प्रधानमन्त्री ओलीलाई पनि राष्ट्रपति बनाइदिएपछि…

२९ फागुन, काठमाडाैँ । भारतस्थित नेपाली दूतावसाले बुधबार सञ्चारमाध्यमहरूमा पठाएको विज्ञप्तिमा गम्भीर त्रुटी गरेको छ । यद्यपी सामाजिक सञ्जालमा बिरोध भएको थाहा पाउने वित्तिकै दूतावासले तत्कालका लागि गल्ती सच्यायएको छ । भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले बुधबार अपराह्न त्यहाँका राष्ट्रपति रामनाथ कोविन्दसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेको जानकारी दिन दूतावासले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि राष्ट्रपति भनेर उल्लेख गरेको थियो ।

सामाजिक सञ्जाल ट्वीटरमा नेपालमा दुइ जना राष्ट्रपति भन्दै व्यांग्त्मक रूपमा विज्ञप्तिको भाषाको बिरोध भएपछि दूतावासले अाफ्नो गल्ती सच्याएको हो । बुधबार नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राजदूत आचार्यले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन ।ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेपछि आफूसँग भएको शिष्टाचार भेटमा भारतका राष्ट्रपतिले शताब्दीऔं पुरानो नेपाल–भारत र दुई देशका जनताबीचको सम्बन्धको चर्चा गरेको राजदूतावासले विज्ञप्ति मार्फत जनाएको छ ।

प्रकाशित मिति : March 13, 2019 at 6:50 pm