३० बैशाख २०८३, बुधबार | Thu May 14 2026

२६८ रोजगार संयोजकका लागि पुनः दरखास्त माग (सूचनासहित)

२९ फागुन, काठमाडाैँ । सरकारले २६८ रोजगार संयोजकका लागि पुनः दरखास्त माग गरेको छ । यसअघिको विज्ञापनबाट अावश्यकता अनुसार पदपूर्ति नभएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पुनः दरखास्त मागेको छ । श्रम मन्त्रालयका अनुसार फागुन ३० गते बिहान १० बजेदेखि चैत्र ९ गते साँझ ५ बजेसम्म प्रधानमन्त्री रोजगार कार्यक्रमको वेवसाइड www.pmep.gov.np मार्फत  दरखास्त दिन सकिनेछ ।

७५३ वटै स्थानीय तहमा रोजगार संयोजक नियुक्तिका लागि यसअघि नै आवदेन लिए पनि आवश्यकता अनुसार पदपूर्ति नभएपछि फेरि आवेदन खुलाइएको हो । मन्त्रालयका अनुसार पुरानै मापदण्डअनुसार खाली रहेका स्थानीय तहमा रोजगार संयोजकको पदपूर्ति गरिनेछ ।

परीक्षामा उत्तीर्ण हुन ५० पूर्णाङ्कमा कम्तीमा २५ अंक प्राप्त गर्नु पर्ने व्यवस्था रहेको छ । मागअनुसार पदपूर्ति हुन नसकेको २६८ वटा स्थानीय तहमा फेरि पुरानै प्रक्रियाबाट पदपूर्ति हुन लागेको हो।

 

प्रकाशित मिति : 18:21