१३ असार २०८३, शनिबार | Sat Jun 27 2026

ढुंगाले लागेर नुवाकोटका छोरे तामाङको मृत्यु

 

२९ फागुन, नुवाकाेट । ढुंगाले लागेर नुवाकोटका छोरे तामाङको मृत्यु भएकाे छ । नुवाकोटको पश्चिमी भेगमा रहेको मानेपाखामा भीरबाट खसेको ढुंगा लागेर तामाङकाे ज्यान गएको हाे । सदरमुकाम विदुरदेखि ३० किलोमिटर पश्चिममा रहेको म्यागङ गाउपालिका-३ मानेपाखामा बाटो खन्ने क्रममा माथिबाट खसेको ढुंगा टाउकोमा लागेर स्थानीय ४९ वर्षीय तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख तथा प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लिमगरले जानकारी दिए।

मृतकको शव नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा पोष्टमार्टम गरिएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको उपरीक्षक पल्लिमगरले बताए।

प्रकाशित मिति : March 13, 2019 at 2:35 pm