१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

आकर्षक देखिन टाउकाेमा कपाल राेप्दा व्यापारीकाे मृत्यु

२९ फागुन, भारत । भारतमा एक व्यापारीले आकर्षक देखि टाउकाेमा कपाल प्रत्याराेपण गर्दा मृत्यु भएकाे छ । भारतीय व्यापारी श्रवण कुमार चौधरीले कपाल प्रत्यारोपण गरेको दुई दिनभित्रै आफ्नो ज्यान गुमाउनु परेको थियो ।

टाइम्स अफ इन्डियाको रिपोर्ट अनुसार ४३ वर्षे चौधरीले  मुम्बईस्थित एक प्राइभेट अस्पतालमा कपाल प्रत्यारोपण गराएको ५० घण्टापछि मृत्यु भएको छ । गत शुक्रबार उनको अनुहार र घाँटी सुन्निएका कारण सास फेर्न गाह्रो भएपछि महाराष्ट्रको हिरानन्दनी अस्पताल पुर्याइएको थियो ।

उपचारका क्रममा उनलाई एनाफिल्याक्टिक सक भएको पत्ता लाग्यो । यो पेनकिलर र औषधीको रियाक्सनका कारण हुने गर्दछ । उनको शनिबार बिहानै मृत्यु भयो । रिपोर्टका अनुसार उनले ९ हजार पाँचसय वटा रौं रोपेका थिए । यसका लागि १५ घण्टा लागेको थियो । उनको कपाल प्रत्यारोपण डाक्टरले कुनै औषधीको रियाक्सनका कारण एलर्जी भएको र उनको ज्यानै गएको दाबी गरे । एजेन्सी

प्रकाशित मिति : २९ फाल्गुन २०७५, बुधबार ०९:४४