३० बैशाख २०८३, बुधबार | Thu May 14 2026

नेपाल बन्दको पूर्व सन्ध्यामा विप्लवको नेकपाले बम पड्काएर महानगरको वडा कार्यालय ध्वस्त पार्यो

२९ फागुन, भरतपुर । नेपाल बन्दको पूर्व सन्ध्यामा विप्लव नेतृत्वको नेकपाले भरतपुरमा बम बिस्फोट गराएको छ । विप्लवको नेकपाले भरतपुर महानगरपालिका–५ को तोरीखेतमा रहेको कार्यालयमा गए राति शक्तिशाली सिलिण्डर बम विस्फोट गराएको हो । विस्फोट राति करिब १२ः३० बजे गराइएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले विस्फोटबाट कार्यालयको झ्यालका सिसा फुटेको र विस्फोटपछिको आगजनीबाट कागजपत्र जलेर नष्ट भएको जानकारी दिए । जिल्लामा व्यापकरूपमा प्रहरी परिचालन भएकै समयमा विस्फोट भएको थियो ।

विस्फोट गराएको आशङ्कामा प्रहरीले राति नै छ जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकालाई अनुसन्धान शुरु गरिएको छ ।घटना थाहा पाएलगत्तै महानगरको दमकल, सुरक्षाकर्मीको टोली पठाएर आगो निभाएको राठाैरले बताए । नेकपाले बिहीबार नेपाल बन्दको घोषणा गरेको छ ।

प्रकाशित मिति : 09:38