१३ असार २०८३, शनिबार | Sat Jun 27 2026

कोरियामा यस वर्ष १० हजार ५० जनाका लागि राेजगारीकाे अवसर, यसरी दिन सकिन्छ आवेदन

२८ फागुन, काठमाडौँ । यस वर्ष कोरियामा रोजगारीका लागि इप्लोयमेन्ट परमिट सिस्टम (ईपीएस) परीक्षाको लागि आवेदन फारम खुलेको छ । मंगलबार कोरिया शाखा ग्वार्कोले सूचना जारी गर्दै आवेदन फारम भर्न आह्वान गरेको छ ।

गणतन्त्र कोरिया रोजगार तथा श्रम मन्त्रालय र नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको समझदारी पत्र (MoU) अनुसार रोजगार अनुमति प्रणाली (EPS) अन्तर्गत गणतन्त्र कोरियामा नेपाली नागरिकलाई कामदारका रुपमा लैजान प्रथम चरणको कोरियन भाषा परीक्षा सञ्चालन हुन लागेको हो ।

उत्पादनमुलक र कृषि तथा पशुपालन क्षेत्रमा गरी यस वर्ष कोरियाका लागि १००५० जनाको आवेदन मागिएको छ । १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।

चैत ८ देखि १७ गतेसम्म आवेदन फारम भर्न सकिनेछ । ईपीयस परीक्षा शाखाले प्रथम चरणको भाषा परीषा २०७६ साल जेठ २५ र २६ गतेलाई तोकेको छ ।

हेर्नुहाेस् सुचनाः

प्रकाशित मिति : March 12, 2019 at 11:40 am