भूकम्प पीडितको काम छाडेर इञ्जिनियरहरू फेरि आन्दोलित
२८ फागुन, काठमाडाैँ । पुनर्निर्माणको काम छाडेर इञ्जिनियरहरू फेरि आन्दोलित भएका छन । काठमाडाैँमा भेलाको अायोजना नै गरी इन्जिनियरहरूले अान्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन । सरकारले पुनर्निर्माणमा खटिएका प्राविधिकले पाउँदै आइरहेको भत्ता तथा सेवा सुविधाबारे निर्णय गर्न ढिलो गरेको भन्दै उनीहरु आन्दोलित भएका हुन ।
उनीहरुले भौगोलिक तथा प्रोत्साहन भत्ता र तलब मासिक रुपमा दिनुपर्ने, गएको साउनदेखिको भत्ता उपलब्ध गराउनुपर्ने, स्वास्थ्य तथा सुरक्षा बीमा हुनुपर्ने, स्थानीय तहमा छुट्टै पुनर्निर्माण शाखा राख्नुपर्ने माग गरेका छन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण प्राविधिक हकहित संरक्षण समितिले माग पूरा गर्न प्राधिकरणलाई एकहप्ते अल्टिमेटमसमेत दिएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्राविधिक इञ्जिनियरका माग संबोधन गर्ने प्रक्रियामै रहेकाले आन्दोलन नगरी काममा फर्कन आग्रह गरेका छन ।
प्रकाशित मिति : 07:55









