अस्थायी करार शिक्षकहरुलाई सरकारले सौतेनी व्यवाहार गरेको आरोप
२७ फागुन, काठमाडाैँ । २०७२ असोज २ गतेपछि नियुक्त अस्थायी करार शिक्षकहरुलाई शिक्षक सेवा परिक्षाको आन्तरिक प्रक्रियामा समावेश गर्नुपर्ने माग गर्दै आन्दोलनरत शिक्षकहरुले आज पनि काठमाण्डौमा प्रर्दशन गरेका छन् । ३ दिने आन्दोलनको घोषणा गरेका छुट अस्थायी करार शिक्षकहरुले माइतीघर मण्डलाबाट नयाँबानेश्वरसम्म प्रर्दशन गरेका थिए । नयाँ बानेश्वरमा आयोजित कोणसभालाई सम्बोधन गर्दै संघर्ष समितिका अध्यक्ष हरिबंश पराजुलीले सरकारले आफूहरुलाई सौतेनी ब्यवहार गरेको बताउँदै अस्थायी करार शिक्षकहरु यो विभेदकारी सरकारी निति विरुद्ध लड्न काठमाडौ केन्द्रित भएर आन्दोल थालेको बताउनुभयो ।
सरकारले २०७५ साल असारमा लिएको अस्थायी शिक्षकको आन्तरिक परीक्षामा विभेद पुर्ण तरिकाले २०७२ असोज २ गतेसम्म मात्रै नियुक्त भएको शिक्षकलाई आन्तरिक परीक्षाको ब्यवस्था गरेपछि यसलगत्तै छुट अस्थायी करार शिक्षकहरुले आन्दोलन गरिरहेका छन् । समितिका उपाध्यक्ष मुकुन्द पोखरेलले करार शिक्षकहरु निरन्तर आन्दोलनमा होमिएको भएपनि सरकारले कुनै सुनुवाई नगरी शिक्षक महासंघ सगको २० बँुदे सहमति गरेको बताउँदै संघीय शिक्षा ऐनमा गर्न लागिएको व्यवस्था आफूहरुलाई स्वीकार्य नहुने बताउँनु भयो ।

संघर्ष समितिका कोषाध्यक्ष अनिता थापाले यसपटकको आन्दोलन आम करार शिक्षकहरुको अन्तिम लडाइँ भएको बताउँदै रोजिरोटिको निमित्त आफै लागी पर्नुपर्ने बेला आएको बताउनुभयो । यस अघि अन्यायमा परेका आम छुट अस्थायी शिक्षकको मुद्दामा आन्दोलित शिक्षकहरुको आन्दोलन तथा धर्ना कार्यक्रममा प्रहरी लागाए हस्तक्षेप हुँदा पनि महासंघ चुपचाप रहनु शैक्षिक बिद्रोह संकेत भएको करार शिक्षकहरुले बताएका छ्न ।
यस अगाडि संघर्ष समितिका विभिन्न अस्थायी करार शिक्षक सम्बद्ध मुद्दा लिएर शिक्षक महासंघ मा धर्ना, शिक्षा तथा मानव विकास श्रोत केन्द्र भक्तपुरमा रिले अनशन,माइतीघर मण्डला परिक्रमा लगायतका आन्दोलनका कार्यक्रम गर्दै आएका थिए ।
प्रकाशित मिति : 21:33









