२० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026

कुकुरलाई ३ भोटले पछि पार्दै बाख्रो मेयर बनेपछि…

२७ फागुन, अमेरिका । अमेरिकामा कुकुरलाई ३ भोटले पछि पार्दै बाख्रो मेयर बनेकाे छ । बरमोन्टस्थित सानो सहरमा फेयर हेवनमा लिंकन नामको बाख्रोलाई मेयर बनाइएको छ। लिकंन आफ्नो निकटतम प्रतिद्वन्द्वी सैम्मी नामको कुकुरलाई तीन भोटले पछि पार्दै मेयर बनेको हो । मेयरका लागि कुकुर बिरालोलगायतका अन्य १५ जनावर पनि उम्मेदवार बनाइएका थिए।

लिंकनले १३ भोट पाए भने सैम्मीले १० भोट पाएको थियो । अन्तराष्ट्रिय सञ्चारमाध्यमको अनुसार लिंकनलाई टाउन मिटिङ डेको अवसरमा मेयर बनाइएको हो। टाउन म्यानेजको अनुसार एक वर्षका लागि लिंकनले मेयरको पदभार पनि सम्हालिसकेको छ।

यस भन्दा अघि फेयर हेवनमा मेयर निर्वाचित हुने प्रावधान थिएन । तर टाउन म्यानेजका रूपमा जोसेफ गन्टर कार्यरत छन् । उनले मेयरले जस्तै काम गर्छन् । टाउन म्यानेजले लिंकन एक स्कूल शिक्षकको बाख्रो भएको पनि बताए । उक्त बाख्रो ३ वर्ष उमेरको रहेको स्थानीय अधिकारीहरूले जनाएका छन् । एजेन्सी

प्रकाशित मिति : March 11, 2019 at 6:41 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/