३० बैशाख २०८३, बुधबार | Thu May 14 2026

३ करोड ५० लाख ठगी प्रकरणः क्लब ‘डेजाभु’का तीन सञ्चालक पुर्पक्षका लागि थुनामा

२७ फागुन, काठमाडाैँ । ३ करोड ५० लाख ठगी प्रकरणमा दरबारमार्गस्थित क्लब ‘डेजाभु’का तीनजना सञ्चालक पुर्पक्षका लागि थुनामा परेका छन । ३ करोड ५० लाख ठगी गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंका न्यायाधीश सूर्यनाथ प्रसाद अधिकारीको इजलासले सञ्चालकहरु समिप सिलाकार, प्रवेश श्रेष्ठ ‘जयन’ र प्रतिक श्रेष्ठ ‘प्रतिक हवल्दार’ लाई आइतबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

उजुरी परेको ८ महिनापछि काठमाडाैँ प्रहरी प्रमुख विदामा भएको समयमा पक्राउ परेका उनीहरूविरूद्ध् ठगी मुद्दा चलेको थियो । महानगरीय प्रहरी परिसर काठमाडौंले विश्वराज श्रेष्ठलाई ठगी गरेको अभियोगमा फागुन ९ गते क्लब सञ्चालहरुलाई पक्राउ गरेर ठगी मुद्दामा अनुसन्धान गरेको थियो ।

आदेशपछि क्लव सञ्चालकहरुलाई आइतबार नै सुन्धारास्थित केन्द्रिय कारागारमा थुनामा पठाइएको जिल्ला अदालत काठमाडौंले जनाएको छ । कम्पनी सञ्चालक मनोज श्रेष्ठ समेतले विश्वराज श्रेष्ठलाई ४ हजार कित्ता शेयर दिने भन्दै ३ करोड पचास लाख रुपैयाँ लिएर उक्त सेयर नदिएको देखिएको अदालतले ठहर गरेको छ ।

न्यायाशीश अधिकारीको एकल इजलाशले क्लवका अन्य तीनजना संचालकमध्येका मनोज श्रेष्ठ, अनान गुरुङ र खेम प्रसाद गैरेको नाममा म्याद जारी गरेको छ । मनोज श्रेष्ठ सहितका तीनजना केही महिनायता विदेशमा लुकेर बसेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रकाशित मिति : 07:28