काठमाडाैँको स्यूचाटारमा जमिनमुनी गाढेर राखिएको अवस्थामा प्रेसर कुकर बम भेटियो
२६ फागुन, काठमाडौं । राजधानीको स्यूचाटारस्थित कमल पोखरीमा बम फेला परेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी बसन्त लामाले स्यूचाटारस्थित कमल पोखरीमा जमिनमुनी गाढेर राखिएको अवस्थामा प्रेसर कुकर बम फेला परेको जानकारी दिए ।

उनका अनुसार बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय पारेको लामाले जानकारी दिए । शनिबार साँझ राजधानीको बसुन्धारामा वैदेशिक रोजगार संघका अध्यक्ष रोहण गुरुङको घरमा बम विस्फोट भएको थियो ।
प्रकाशित मिति : 14:20









