महिलाकाे हत्या आराेपमा नेकपाका नेता याेगेन्द्र गुरुङ पक्राउ
२६ फागुन, विराटनगर । महिलाकाे हत्या आराेपमा नेकपाका नेता याेगेन्द्र गुरूङ पक्राउ परेका छन् । मोरङको बेलबारी- ४ बाट गत फागुन १७ गते शुक्रवार रातिबाट हराइरहेकी स्थानीय २६ वर्षीया रमिला राईकाे नेकपाका नेता गुरूङले हत्या गरी फालेकाे हुनसक्ने प्रहरी अनुसन्धानबाट खुलेकाे छ ।
घटनाको अनुसन्धानका प्रहरीले बेलबारीका नेकपा नेता गुरुङलाई ईलाका प्रहरी कार्यालय बेलबारीको टोलीले ईलामबाट पक्राउ गरी अनुसन्धान थालेकाे छ । अनुसन्धानका क्रममा महिलाको हत्या गरी कोशीमा फालिएको हुनसक्ने भएकाेले साेहीअनुसार अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय माेरङका एसपी मनाेज केसीले बताए ।

प्रहरीमा गुरुङले दिएकाे बयानका आधारमा कोशीमा शव बगाएकाे आशङ्कामा २ दिनदेखि प्रहरीले शव खोजेपनि फेला पार्न सकेको छैन । फागुन १७ गतेबाट हराइरहेकी युवती नभेटिएपछि बेलबारी प्रहरीले अनुसन्धान गर्ने क्रममा घटनाको एक सातापछि शुक्रवार गुरुङलाई नियन्त्रणमा लिएको थियो । केही दिनदेखि गुरुङसमेत बेलबारी छोडेर सम्पर्कविहीन भएपछि प्रहरी उनको खोजीमा लागेको थियो ।
प्रहरीले शुक्रवार नै गुरुङले प्रयोग गर्दै आएको बा.१५ प ७९१६ नम्बरको कार घरबाटै नियन्त्रणमा लिएको थियाे । युवती हराएको रात उनीहरू सँगै रहेको र उनी घर नफर्किएपछि ती महिलाका परिवारले खोजीका लागि प्रहरीमा निवेदन दिएकाे थियाे । बेलबारी ४ बुधबारे निवासी ती महिला पहिलो श्रीमानसँग सम्बन्ध-बिच्छेद गरेर माइतीघरमा बस्दै आएकी थिइन् । गुरुङ भने श्रीमती र छोराहरूसँग काठमाडौंमा बस्दै आएका छन् ।
प्रकाशित मिति : 12:15









