१३ असार २०८३, शनिबार | Sat Jun 27 2026

प्याब्सनको अध्यक्षमा टिकाराम पुरीको उम्मेदवारी, यस्ता छन एजेण्डा

२६ फागुन, विराटनगर । नीजि विद्यालयलाई चौतर्फी रुपमा प्रहार हुदाँ पनि केन्द्रीय नेतृत्वले त्यसको काउन्टरमा गतिविधि गर्न नसकिरहेको बेला प्याब्सनको केन्द्रिय अध्यक्षमा टिकाराम पुरी उमेद्वारी घोषणा गरेपछि देशभर तरङ सृजना भएको छ । यही फागुन २८ र २९ गते काठमाण्डौँमा हुन गइरहेको १४औँ महाधिवेशनमा अध्यक्षकालागि पुरीले उमेद्वारी घोषणा गरेका छन् ।

पछिल्लो समयमा सरकारी निकाय र अरु विभिन्न पक्षबाट नीजि विद्यालयको अस्तित्व नै समाप्त हुने गरी गतिविधि भइरहदाँपनि वर्तमान नेतृत्व नीजि विद्यालयको संरक्षक बन्न नसकेको आरोप प्रतिनिधिहरुको छ । उनीहरुले जुझारु र सबैसंग बोल्न सक्ने र स्पष्टवक्ता अहिलेको नेतृत्वमा आउनु पर्ने आवश्यक्ता भएकोले पुरीको विकल्प नभएको बताएका छन् । विद्यालय संचालक अर्जुन श्रेष्ठ अब प्याब्सनलाई स्थापीत गर्न नीजि विद्यालयको अस्तित्व बचाउनका लागि पुरीको विकल्प नभएको बताउछन् ।

प्याब्सनको सल्लाहकार रहेका पुरी करिब अढाई दशकदेखि शिक्षा क्षेत्रमा सकृय छन् । उमेद्वारी घोषणा गरेका पुरीले ड्राफ्ट हुदै गरेको शिक्षा ऐनले ल्याउन सक्ने समस्या, नीजि विद्यालयहरु प्रति राज्यले सकरात्मक रुपमा नहेरीरहेको अअबस्थामा आफ्नो विकल्प नभएको बताए । अहिले नीजि विद्यालयहरुको भविष्यका विषयमा समेत प्रश्न उठिरहेको अवस्थामा यी सबै समस्या हल गर्न आफु सक्षम भएको पुरीले दावी गरे ।

नीजि विद्यालयको विषयमा सरकारसंग प्रत्यक्ष र अप्रत्यक्ष जुनसुकै तरीकाबाट यस्ता समस्या समाधान गर्न आफ्नो पहल रहने भन्दै उनले आन्दोलन नै गर्नु पर्ने अवस्था समेत आए आफु सडकमा उत्रिन तयार रहेको घोषणा समेत गरे । पुरी ११ औँ महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भएका थिए ।

प्रदेश नम्बर १ मा नीजि विद्यालयको र्निविकल्प नेताका रुपमा पुरीले आफ्नो जितले अहिलेको यावत समस्या समाधान गर्न सहज हुने आकंलन गरी देशभरबाट राम्रो प्रतिकृया पाइ रहेको दाबी गरिरहेका छन् । अब आउने शिक्षा ऐन अनुसार ठुलो संख्यामा छात्रवृती दिनु पर्ने भन्दै त्यो लागु गर्न समेत नीजि विद्यालयले सक्ने अवस्था नरहेको उनको भनाई छ ।

प्रकाशित मिति : March 10, 2019 at 10:18 am