कांग्रेस सभापति देउवाको जनै हरायो ! तातोपानी कुण्डमा डुबुल्की मारेको तस्बीर भाइरल हुँदै
२६ फागुन, काठमाडाैँ । सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको म्याग्दीको तातोपानी कुण्डमा डुबुल्की मारेको तस्बीर सेयर गर्दै धेरैले जनैको खोजी गरेका छन । शनिबार सभापति शेरबहादुर देउवासहित वरिष्ठ नेता रामचन्द्र पाैडेल लगायतका नेता बेनीमा रहेको पार्टी कार्यालय भवन उद्घाटन तथा आमसभालाई सम्बोधन गर्न पुगेको माैकामा तातोपानी कुण्डमा पुगेका थिए ।

हेलिकप्टरमार्फत बेनी–४ मा रहेको प्राकृतिक चिकित्सालयको रुपमा परिचित सिङ्गा तातोपानी कुण्डमा पुगेका सभापति देउवासहितको टोलीले तातोपानी कुण्डको अवलोकन भम्रण तथा कुण्डको अवलोकनसँगै स्नानसमेत गरेका थिए । देउवा र पाैडेल एउटै पोखरीमा डुबुल्की मारिरहेको तस्बीर अहिले सामाजिक सञ्जालमा सायाैँले सेयर गरेका छन । धेरैले देउवाको जनै खोइ ? भन्दै फोटो सेयर गरिरहेका छन ।
प्रकाशित मिति : 08:50









