१३ असार २०८३, शनिबार | Sat Jun 27 2026

पहिलो श्रीमतिसँग सम्बन्धबिच्छेदको ८ वर्षपछि कांग्रेस सांसद अमरेश सिंहले कसे अर्को लगन गाँठो

२६ फागुन, काठमाडाैँ । नेपाली कांग्रेसका सांसद डा. अमरेशकुमार सिंह पुःन वैवाहिक जीवनमा बाँधिएका छन्। पहिलो श्रीमतिसँग सम्बन्ध बिच्छेद भएको ८ वर्षपछि सांसद सिंहले शनिबार पुनः लगन गाँठो कसेका हुन । शनिबार ललितपुरको बंगलामुखी मन्दिरमा सांसद सिंह कञ्चनपुरकी लक्ष्मी जोशीसँग लगन गाँठोमा कसिएका हुन् ।

वैवाहिक जीवन सफल नभएपछि एक दशकभन्दा लामो समयदेखि एकल जीवन विताउँदै आएकी जोशीसँग सिंहले बिबाह गरेकी हुन । सिंहले २०६४ सालमा झापाकी एक युवतीसँग विवाह गरेपनि २०६७ सालमा उनीहरुबीच सम्बन्ध बिच्छेद भएको थियो। सिंहसँग बिबाह बन्धनमा बाँधिएकी जोशी त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गर्छिन्।

प्रकाशित मिति : March 10, 2019 at 8:28 am