१३ असार २०८३, शनिबार | Sat Jun 27 2026

नुवाकाेटमा बालबिबाह गराएको भन्दै अभिभावकविरुद्ध महिला सेलमा उजुरी

२५ फागुन, नुवाकोट  । नुवाकाेटमा  बालबिबाह गराएको भन्दै अभिभावकविरुद्ध प्रहरीमा उजुरी परेको छ । नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नम्बर ५ स्थित काप्रेकी १४ वर्षीया बालिका पिंकी तामाङको गाउँकै २१ वर्षीय काले तामाङसँग गुपचुप बिबाह गराएको भन्दै अभिभावकविरुद्ध जिल्ला प्रहरी कार्यालय नुवाकोटको महिला सेलमा उजुरी परेको हो ।

स्थानीय श्री शंखादेवी माविमा कक्षा ७ मा अध्ययनरत बालिकालाई काका सोनाम तामाङ र कान्छीआमा विमला तामाङले फूपूका छोरा काले तामाङसँग फागुन २१ गते गुपचुपरुपमा बिबाह गराएको बालिकाकी आफन्त सुनिता तामाङले जानकारी दिएकी छिन् ।

आफू सदरमुकाममा रहेको बेला आफूलाई समेत कुनै जानकारी नदिई बालिकाको बिबाह गराएको उनको भनाई छ । बहिनीको बालबिबाह भएको जानकारी पाएपछि आफूले फागुन २२ गते जिल्ला महिला सेलमा बालिकाकी काका सोनाम कान्छीआमा विमला र केटाका बुबा चतुर्मान तामाङविरुद्ध उजुरी दर्ता गराएको उनले बताइन् । स्थानीय शिक्षक जगन तामाङले पनि बालबिबाह भएको जानकारी आएको बताए । बिहेपछि बालिका बेहुलाकै घरमा रहेको बताइएको छ ।

प्रकाशित मिति : March 9, 2019 at 4:54 pm