१३ असार २०८३, शनिबार | Sat Jun 27 2026

प्रहरी प्रमुख खनालको घर नजिकै व्यवसायी रोहन गुरूङको घरमा बम बिस्फोट (फोटोफिचर)

२४ फागुन, काठमाडाैँ । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालको घर नजिकै  बैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष रोहन गुरूङको घरमा बम बिस्फोट भएको छ । अज्ञात समूहले गराएको बम विष्फोटबाट व्यवसायी सङ्घका अध्यक्ष गुरूङको घरमा सटर भाडा लिएर बस्ने मणिराम पौडले गम्भीर घाइते भएका छन् ।

उनको टाउकोमा चोट लागेको छ ।  पाैडेललाइ उपचारका लागि अस्पताल लगिएको छ । त्यसैगरी, बम विष्फोटबाट गुरूङसहित अन्य दुइ जनाको घरमा समेत क्षति पुगेको अध्यक्ष गुरूङले जानकारी दिएका छन । गुरूङको घरको झ्यालका सिसा फुटेका छन् ।

बिस्फोटपछि लागेको अागोले गुरूङको घर र गाडीमा क्षति पुगेको छ । आगलागी नियन्त्रणका लागि दमकलका साथै प्रहरी र स्थानीय खटिएका थिए । आगलागीपछि ग्यास सिलिन्डरसमेत विस्फोट भएको छ । गुरूङको टप जव म्यानपावर पनि सोही घरमा सञ्चालनमा रहेको थियो । पछिल्लो समय विवादित बनेका गुरूङको घरमा के कति कारणले अागलागी भएको भन्ने बारेमा कारण खुलेको छैन ।

 

प्रकाशित मिति : March 8, 2019 at 9:26 pm