टिपरको ठक्करले बालकको मृत्यु
२४ फागुन, कञ्चनपुर । भीमदत्त नगरपालिका–३ नौलाखेतमा आज टिपरले ठक्कर दिँदा १० वर्षीय बालकको मृत्यु भएको छ । म १ ख ७३७ नम्बरको टिपरले ठक्कर दिँदा सोही ठाउँका विकास ऐरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । टिपरसहित चालक बेदकोट नगरपालिका–५ का २८ वर्षीय राजेश थापामगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बालकको शव परीक्षणका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति : March 8, 2019 at 6:22 pm









