विप्लव समूहद्वारा नेकपा सांसद देवकी मल्लकाे अपहरण
२४ फागुन, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की प्रदेश सभा सांसद देवकी मल्ललाई नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको समुहले अपहरण गरेको छ ।

बझाङ ‘ख’की प्रदेश सभा सांसद मल्ल अपहरणमा परेको सुरक्षा स्रोतले जनाएको छ । बझाङका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले अपहरणमा परेको खबर भर्खरै पाएको बताएका छन् ।
प्रकाशित मिति : March 8, 2019 at 4:50 pm









