१३ असार २०८३, शनिबार | Sun Jun 28 2026

बेलायत सरकारद्वारा गोर्खा सैनिकको पेन्सन वृद्धि गर्ने घोषणा,२२ हजार गोर्खा सैनिक लाभान्वित हुने

२४ फागुन, काठमाडौँ । बेलायत सरकारले गोर्खा सैनिक तथा उनीहरूका परिवारको पेन्सन तथा उपचार खर्चमा दिइने सहयोग रकममा वृद्धि गर्ने घोषणा गरेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । यो घोषणाबाट ब्रिटिस गोरखा सैनिकमा सन् २००७ अघि भर्ना भएका करीब २२ हजार गोर्खा सैनिक लाभान्वित हुने काठमाडांैस्थित बेलायती दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

पेन्सन वृद्धिका लागि करीब २२ अर्ब रुपियाँ बराबरको बजेट छुट्याइएको छ । पेन्सन वृद्धि ३४ प्रतिशतसम्म हुने छ भने सो रकम व्यक्तिगत परिस्थितिका आधारमा फरक हुने जनाइएको छ । साथै, पेन्सन वृद्धि सन् २०१६ को जनवरी १ बाट नै लागू गरिने जनाइएको छ ।

यसैगरी, ब्रिटिस रक्षा राज्यमन्त्री मार्क लानकास्टरले नेपालमा बसोबास गरिरहेका गोर्खाका लागि आगामी दश वर्षसम्मका लागि ३६ अर्ब रुपियाँ बराबरको मेडिकल सहयोग उपलब्ध गराउने घोषणा गर्नुभएको छ । गोर्खा कल्याणकारी कोषमार्फत् सो रकम वितरण गरिने विज्ञप्तिमा उल्लेख छ ।

यस किसिमको सहयोग वृद्धिको घोषणा दुई हप्ता अघि बेलायती मन्त्री लानकास्टरले नेपालको भ्रमण गरेपछि सार्वजनिक भएको हो । उनले नेपालमा रहँदा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली लगायतलाई भेट गरेका थिए

प्रकाशित मिति : March 8, 2019 at 9:22 am