१३ असार २०८३, शनिबार | Sun Jun 28 2026

जमिनमुनि गाडेको नवजात शिशु तीन दिनपछि निकाल्दा जिउँदै,आमा पक्राउ

२३ फागुन, अफ्रिका । दक्षिण अफ्रिकाको क्वाजुल नेटल प्रान्तमा जमिनमुनि गाडेको नवजात शिशु तीन दिनपछि निकाल्दा जिउँदै भेटिएको छ । २४ वर्षीया एक महिलाले आफ्नो नवजात शिशु जमिनमुनी गाडेकी थिइन् । काठ फर्निचरमा मजदुरी गर्ने ती महिलाले एक शिशुलाई यसअघि नै जन्म दिइसकेकी थिइन् ।

डेली मेलले जनाए अनुसार दोस्रो शिशु जन्मिएपछि बाबु–आमाको डरले काठ कारखानाकै जमिनमा माटो र काठका टुक्राहरुले आफ्नो शिशुलाई पुरेर छोडेकी थिइन् । गाडेको तीन दिनपछि काठ फर्निचरका कर्मचारीहरुले शिशु रोएको चाल पाएपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले शिशुलाई अस्पताल भर्ना गरेको छ भने शिशुको आमालाई पक्राउ गरेर सोधपुछ गरिएको जनाइएको छ । त्यहाँका प्रहरी प्रमुख (कप्तान) गेराल्ड फेकाकाअनुसार घटनास्थल पुग्दा माटो र केही काठका टुक्राहरुले पुरिएको अवस्थामा शिशु भेटिएको थियो ।

प्रहरीले खोजतलास गरेपछि ती शिशुकी आमाले आफ्नो अपराध स्वीकार्दै शिशु आफ्नो भएको बताएकी थिइन् । प्रहरीकाअनुसार ती महिलाले बाबु–आमाको डरले शिशु पुरेको बताएकी छन् ।

प्रकाशित मिति : March 7, 2019 at 6:09 pm