७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026

पूर्व सांसद पण्डितको निधनले नेेकपा स्तब्ध

२३ फागुन,  काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले नेपालको कम्युनिष्ट आन्दोलनमा लामो समय बिताउनुभएका वामपन्थी नेता तथा पूर्वसांसद गणेश पण्डितको असामयिक निधनबाट पार्टी स्तब्ध भएको जनाएको छ ।

पार्टी महासचिव विष्णु पौडेलले आज जारी गर्नुभएको शोक सन्देशमा पञ्चायतकालमा नुवाकोट जिल्लामा कम्युनिष्ट आन्दोलन विस्तारका लागि पण्डितले निर्वाह गर्नुभएको भूमिका स्मरणीय रहेको बताउँदै पार्टीले कम्युनिस्ट आन्दोलनले एक समर्पित नेता गुमाएको उल्लेख गर्नुभएको छ ।

नेकपाले दिवङ्गत पण्डितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उहाँकी जीवनसँगिनी सावित्री पण्डित, छोरा राजकुमार, किशोर र दिनेश तथा छोरी कल्पना, सफला र सुलोचनासहित शोककुल परिवारजन र आफन्तहरुप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।

विसं २०४८ को आमनिर्वाचनमा नुवाकोट–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित उहाँ असल शिक्षक र सङ्गठकका रूपमा परिचित हुनुहुन्थ्यो । बहत्तर वर्षको उमेरमा यही फागुन २१ गते उहाँको निधन भएको हो ।

प्रकाशित मिति : 11:32