त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १० घण्टा बन्द हुँदै
२३ फागुन, काठमाडौँ । दैनिक २२ घण्टासम्म खुल्दै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चैत १८ (अप्रिल १) देखि २०७६ असार १५ गते (जुन ३०) सम्म दैनिक १० घण्टा बन्द हुने भएको छ ।
विमानस्थलको एक मात्र ३ हजार ५० मिटर (१० हजार ७ फिट) लामो धावनमार्ग जिणोद्धार गर्नुपर्ने भएकाले राति १० बजेदेखि विमानस्थल बन्द हुनेछ भने विहान ८ बजे मात्रै सुचारु गरिनेछ । यो समाचार आजको कान्तिपुर दैनिकमा सुरज कुँवरले लखेका छन् ।

राति १० बजेदेखि ३ बजेसम्म र बिहान ५ बजेदेखि ८ बजेसम्म हुने उडानलाई दिउँसोको समयमा सारिएको छ । ‘हाल भइरहेको उडानमध्ये १५/२० प्रतिशत कटौती हुने देखिन्छ ,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले भने । हाल विमानस्थलमा दैनिक ३ सय हाराहारी उडान हुन्छन्
प्रकाशित मिति : March 7, 2019 at 9:43 am







