१३ असार २०८३, शनिबार | Sun Jun 28 2026

प्रहरीलाई घुस दिन खाेज्ने ट्रक चालक पक्राउ

२२ फागुन, काठमाडौं  । प्रहरीलाई घुस दिन खाेज्ने ट्रक चालक पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा चितवन भण्डाराका २६ वर्षीय ट्रक चालक रिदम नेपाली रहेका छन् ।

काठमाडौं महानगरपालिका १२ स्थित टेकु चोकमा महानगरीय प्रहरी बृत्त कालिमाटीबाट खटिएको प्रहरीले रिदमले चलाएको ना ६ ख ३२०२ नम्बरको ट्रक जाँच गर्ने क्रममा कागज पत्र ठीक नभएको कारणले उनले नगद १ सय रुपैयाँ दिई प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेकाे जानकारी प्राप्त भएकाे छ ।

प्रकाशित मिति : March 6, 2019 at 1:40 pm