पूर्व मुमाबडामहारानी रत्न राज्यलक्ष्मी शाह अस्वस्थ, नर्भिक अस्पतालमा भर्ना
२१ फागुन, काठमाडाैँ । पूर्व मुमाबडामहारानी रत्न राज्यलक्ष्मी शाह अस्वस्थ भएकी छिन । एक सातायता बिरामी परेकी पूर्व मुमाबडामहारानी रत्न राज्यलक्ष्मी शाहलाई मंगलबार नर्भिक अस्पतालमा भर्ना गरिएको छ ।
महेन्द्र मन्जिलमा बसिरहेकी ९१ वर्षीया रत्न शारीरिक रूपमा निकै कमजोर भएपछि मंगलबार साँझ नर्भिक भर्ना गरिएको हो । नर्भिकका अनुसार रत्नलाई रुघाखोकी, ज्वरो र शारीरिक कमजोरी छ । अस्पतालका अनुसार रत्नको दिसा पातलो छ र पिसाबको मात्रा कम छ।

अस्पताल भर्ना भएकी रत्नलाई भेट्न पूर्वरानी कोमल शाह अस्पताल पुगेकी छिन् । कोमलका साथ पूर्वयुवराज्ञी हिमानी तथा पूर्व राजपरिवारका अन्य सदस्य अस्पतालमा छन् । छोरा ज्ञानेन्द्र भने झापामा छन् ।
प्रकाशित मिति : March 5, 2019 at 11:06 pm









