१३ असार २०८३, शनिबार | Sun Jun 28 2026

राष्ट्रपति सैनिक मुख्यालय जङ्गी अड्डाकाे रात्रिभोजमा सरिक

२१ फागुन, काठमाडौँ ।  राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्रि तथा सेना दिवसका उपलक्ष्यमा आज साँझसैनिक मुख्यालय जङ्गी अड्डामा  आयोजित रात्रिभोज समारोहमा सरिक हुनुभएको छ । राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुनुहुन्छ । उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना तथा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल समारोहमा सहभागी हुनुहुन्थ्यो ।

मन्त्रिगण, सांसद, नेपाल सरकारका उच्चपदस्थ अधिकृत, संवैधानिक निकायका प्रमुख एवं पदाधिकारी, सुरक्षा निकायका प्रमुख, उद्योगी, व्यपारी, कलाकार, पत्रकार एवं समाजका विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्ति रात्रिभोजमा सहभागी हुनुहुन्थ्योे । नेपाली सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रुपमा मनाउँदै आएको छ ।

प्रकाशित मिति : March 5, 2019 at 9:28 pm