१२ मंसिर २०८३, शुक्रबार | Fri Nov 27 2026

नेपाल बैंकका ग्राहकले अब मोबाइल बैंकिङबाटै भर्चुअल क्रेडिट कार्ड पाउने

https://www.muktinathbank.com.np/online/loan-application

११ मंसिर, काठमाडौं । नेपाल बैंक लिमिटेड र फोनपे पेमेन्ट सर्भिस लिमिटेडबीच ग्राहकहरूलाई आधुनिक, सहज तथा डिजिटल वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले भर्चुअल क्रेडिट कार्ड सेवा सञ्चालनसम्बन्धी सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौता अनुसार नेपाल बैंकका ग्राहकहरूले बैंकको मोबाइल बैंकिङ एपमार्फत सहज रूपमा भर्चुअल क्रेडिट कार्डका लागि आवेदन दिन सक्नेछन् ।२०८३ मंसिर १० गते नेपाल बैंक लिमिटेड प्रधान कार्यालय न्यूरोड काठमाण्डौमा भएको उक्त सम्झौता पत्रमा नेपाल बैंकको तर्फबाट प्रमुख सञ्चालन अधिकृत लेखनाथ भुसाल र फोनपेको तर्फबाट प्रमुख व्यवसाय अधिकृत सुमित दासले हस्ताक्षर गरेका थिए ।

यस सेवामार्फत ग्राहकहरूले नगदरहित कारोबारलाई थप सहज, सुरक्षित र प्रभावकारी रूपमा उपयोग गर्न सक्ने अपेक्षा गरिएको छ । फोनपे भर्चुअल क्रेडिट कार्डमा सहज आवेदन, व्यापक भुक्तानी सुविधा, रियल टाइम ट्रर्याकिङ्ग, ४५ दिनसम्म ब्याजरहित अवधि र लचिलो भुक्तानी विकल्प जस्ता प्रमुख विशेषताहरू रहेका छन् । यस सहकार्यले नेपाल बैंकको डिजिटल बैंकिङ सेवा, वित्तीय पहुँचमा थप विस्तार गर्नुका साथै ग्राहकहरूलाई आधुनिक भुक्तानी प्रणालीमा जोड्न महत्वपूर्ण योगदान पुर्‍याउने साथै ग्राहक अनुभव अभिवृद्धिमा समेत यस सेवाले सकारात्मक भूमिका खेल्ने विश्वास बैंकले लिएको छ ।

नेपाल बैंक लिमिटेड प्रविधिमैत्री, सरल, सहज र ग्राहकमुखी बैंकिङ सेवा प्रदान गर्ने आफ्नो प्रतिबद्धताअनुरूप नवीनतम डिजिटल बैंकिङ सेवाहरू विस्तार गर्दै अघि बढिरहेको छ । नेपालभर २३० वटा शाखा २५० वटा एटिएमका साथै ५७ वटा एक्सटेन्सन काउन्टरको सञ्जाल मार्फत २९ लाख भन्दा बढी ग्राहकलाई वित्तीय सेवा पुर्‍याईरहेको यस बैंकले अन्तरराष्ट्रिय स्तरको बैंकिङ प्रविधि मार्फत बैंकिङ सेवा तथा सुविधा प्रदान गर्दै बैंकिङ क्षेत्रमा आफुलाई बलियो प्रतिस्पर्धिको रुपमा परिचित गराएको छ । प्रविधिमैत्री सेवा सुविधा प्रदान गर्ने उद्देश्य अनुरुप बैंकका करीव १६ लाख ग्राहकहरु डिजिटल सेवा सुविधाबाट लाभान्वित भएका छन् । बैंकले समयानुकुल छिटोछरितो, गुणस्तरीय तथा गुनासो रहित ग्राहक सेवामा जोड दिई युवा तथा दक्ष जनशक्ति मार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

प्रकाशित मिति : November 27, 2026 at 3:52 pm

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/