१२ मंसिर २०८३, शुक्रबार | Fri Nov 27 2026

नेप्सेमा झिनो अंकको गिरावट, ४ अर्ब ८२ करोडकाे काराेबार

https://www.muktinathbank.com.np/online/loan-application

११ मंसिर, काठमाडौं । साताको अन्तिम कारोबारको दिन शुक्रबार सेयर बजारमा झिनो अंकको गिरावट आएको छ  । यस दिन नेप्से परिसूचक ८.५७ अकंले घटेर २६२८.१७ विन्दुमा कायम भएको छ । नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। यस दिन ४ अर्ब ८२ करोड ४७ लाख ३२ हजार रुपैयाँबराबरको १ करोड ३१ लाख ९८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ। शुक्रबार ५९ कम्पनीको सेयर मूल्य बढेको छ भने २०३ कम्पनीको घटेको छ । १७ कम्पनीको सेयर मूल्य स्थिर रहेको हो ।

यस दिन एनआईसी एशिया बैंकको सेयरमूल्य सर्वाधिक ६.०८ प्रतिशत बढेको छ। सोपान फर्मास्यूटिकल्सको सेयरमूल्य यस दिन सर्वाधिक ५.३७ प्रतिशत घटेको छ। यस दिन लक्ष्मी सनराइज बैंकको सर्वाधिक काराेबार भएकाे छ। सो बैंकको यस दिन २४ करोड ९९ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। १३ उपसमूहमध्ये यस दिन दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ।

प्रकाशित मिति : November 27, 2026 at 3:13 pm

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/