१२ मंसिर २०८३, शुक्रबार | Fri Nov 27 2026

बैंकर्स संघको अध्यक्षमा ग्लोबल आइएमईका सीईओ रेग्मी निर्विरोध चयन

https://www.muktinathbank.com.np/online/loan-application

११ मंसिर, काठमाडौं । वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघको अध्यक्षमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी निर्विरोध चयन भएका छन्। संघको यसअघिको कार्यसमितिमा उपाध्यक्ष रहेका रेग्मी अध्यक्षमा निर्विरोध भएका हुन्। शुक्रबार साँझ आयोजना हुने संघको साधारणसभाबाट उनको निर्वाचनको औपचारिक घोषणा गरिनेछ।

संघको उपाध्यक्षमा कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल निर्विरोध चयन भएका छन्। बैंकर्स संघमा विगत १३ वर्षदेखि उपाध्यक्षलाई नै अध्यक्षमा पदोन्नति गर्ने अभ्यास निरन्तर चलिरहेको छ । दुई वर्षअघि भने यो अभ्यासमा अवरोध आउने संकेत देखिएको थियो । २०८१ पुसमा सम्पन्न ३८औं साधारण सभाका बखत माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइराला र प्रभु बैंकका सीईओ अशोक शेरचन दुवैले अध्यक्ष पदमा दाबेदारी प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : November 27, 2026 at 2:32 pm

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/