१२ मंसिर २०८३, शुक्रबार | Fri Nov 27 2026

१५० मेगावाट विद्युत् किन्न प्राधिकरणले माग्यो भारतीय कम्पनीसँग प्रस्ताव

https://www.muktinathbank.com.np/online/loan-application

११ मंसिर, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारतबाट १५० मेगावाट विद्युत् खरिदका लागि प्रतिस्पर्धात्मक बोलपत्र आह्वान गरेको छ । प्राधिकरणले चौबिसै घण्टा (राउन्ड द क्लक-आरटीसी) विद्युत् आपूर्ति गर्ने गरी प्रतिस्पर्धात्मक प्रक्रिया मार्फत विद्युत् खरिद गर्न भारतीय कम्पनीहरूसँग प्रस्ताव मागेको हो ।

प्राधिकरणले शुक्रबार सूचना प्रकाशित गर्दै भारतका क्याटागोरी-१, २ र ३ अन्तर्गतका विद्युत् व्यापारिक अनुमतिपत्र प्राप्त कम्पनीले प्रस्ताव पेस गर्न सक्ने जनाएको छ । प्रस्ताव पेस गर्ने अन्तिम मिति २८ डिसेम्बर २०२६ (१३ पुस २०८३) दिउँसो १२ बजेसम्म तोकिएको छ । प्राधिकरणले सोही दिन दिउँसो १ बजे प्राविधिक प्रस्ताव खोल्ने जनाएको छ ।

बोलपत्र दस्तुर बापत भारतीय रुपैयाँ १२ हजार ५ सय वा त्यस बराबर नेपाली रुपैयाँ बुझाउनुपर्ने छ । त्यस्तै बोलपत्रदाताले प्रस्ताव गरेको कुल विद्युत् क्षमताको प्रतिमेगावाट प्रतिमहिना ५५ हजार भारुका दरले धरौटी (अर्नेस्ट मनी डिपोजिट) राख्नुपर्ने छ ।

प्रकाशित मिति : November 27, 2026 at 2:13 pm

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/