१० मंसिर २०८३, बुधबार | Wed Nov 25 2026

मस्कका स्पेसएक्स र टेस्लाबीच मर्जरको तयारी, ३.२ ट्रिलियन डलरको मर्जर योजना

https://www.muktinathbank.com.np/online/loan-application

९ मंसिर, काठमाडौं ।  विश्वकै धनाढ्य व्यक्ति इलन मस्कका दुई कम्पनी स्पेसएक्स र टेस्लाबीच मर्जरको तयारी भइरहेको छ। अन्तर्राष्ट्रिय आर्थिक दैनिक फाइनान्सियल टाइम्स का अनुसार दुवै कम्पनीबीच ३.२ ट्रिलियन डलरको सम्झौता  हुन सक्ने सम्भावना छ। यो सम्झौता आगामी डिसेम्बर महिनामै औपचारिक रूपमा घोषणा हुन सक्ने जनाइएको छ। सम्झौताका लागि दुवै कम्पनीले पाँच जना सञ्चालक र तीनवटा लगानी बैंक सम्मिलित विशेष समिति बनाएका छन्। स्पेसएक्सका तर्फबाट रोएलोफ बोथा र र्यान्डी ग्लेन तथा टेस्लाका तर्फबाट रोबिन डेनहोम, क्याथलीन विल्सन–थम्पसन र ज्याक हार्टुङले वार्ताको जिम्मेवारी पाएका छन्।

मर्जरको वित्तीय परामर्शका लागि मोर्गन स्ट्यान्ली र गोल्डम्यान स्याक्सले स्पेसएक्सलाई तथा एभरकोरले टेस्लालाई सहयोग गरिरहेका छन्। प्रस्तावित सम्झौता नगद कारोबार नभई सेयर आदानप्रदानमा आधारित हुनेछ। हाल स्पेसएक्सको बजार पुँजीकरण करिब १.७ ट्रिलियन डलर र टेस्लाको १.५ ट्रिलियन डलर छ। मर्जर सफल भए नयाँ कम्पनीको मूल्यांकन ३.२ ट्रिलियन डलर पुग्ने र विश्वका पाँच ठूला मूल्यवान् कम्पनीमध्ये एक बन्नेछ।

 

प्रकाशित मिति : November 25, 2026 at 11:49 am

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/